लगानीखबर काठमाडौं, सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्ममा कम्पनीले ३६ करोड ८३ लाख ८४ हजार ६ सय ३२ रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे भन्दा ५९.३२ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले २३ करोड १२ लाख १८ हजार १ सय २८ रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
चाैथाे त्रैमाससम्ममा कम्पनीले बिजुली बेचेर ८६ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत आर्थिक वर्षकाे भन्दा १८.७१ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ७२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ, जगेडा कोषमा ३२ लाख ७४ हजार रूपैयाँ, प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४३ पैसा र प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ८४ पैसा रहेकाे छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।