Like us!
Follow us!

६.३६ अंकले घट्यो शेयर बजार : नेपाल पुनर्बीमा कम्पनी कारोबारमा अब्बल

६.३६ अंकले घट्यो शेयर बजार : नेपाल पुनर्बीमा कम्पनी कारोबारमा अब्बल

लगानी खबर, काठमाडौँ - साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । साेमबार शेयर बजारमा सामान्य अंककाे गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक ६.३६ अंकले घटेर २१६९.०४ मा पुगेकाे छ । नेप्से ०.२९ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.७३ अंकले घटेर ४१५.१५ मा पुगेको छ ।

कूल २०२ वटा कम्पनीकाे एक कराेड १६ लाख ४३ हजार ४ सय २९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार एक सय २२ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार साेमबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे शेयर घटेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे शेयर बढेकाे छ ।

त्यसैगरी, साेमबार काराेबार रकमकाे आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीको ४६ कराेड ८ लाख ६८ हजार ८ सय ८६ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

           हेराैं आजकाे शेयर तालिका :

5ff2dff6039e6.jpg 5ff2dffd82f6a.jpg 5ff2e004c1aa2.jpg 5ff2e00dcbc3f.jpg 5ff2e01571ca2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।