लगानी खबर, काठमाडौँ - एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । बैंकले पाैष ८ गते बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।
बैंकले १५ वर्ष अवधिको लागि १ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘४ प्रतिशत, १५ वर्ष एनएमबि उर्जा ऋणपत्र २०९२/९३’ नाम गरेकाे १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख कित्ता बिक्री गर्नेछ ।
त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।