Like us!
Follow us!

आइपिओ ल्याउन लागेको शुभम पावरले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

आइपिओ ल्याउन लागेको शुभम पावरले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौँ - शुभम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीको पाैष १९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे वार्षिक साधारण सभा माघ १६ गते, शुक्रबार, कमलादी-२८, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल भदाै २७ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिबिआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff2b65b32fcd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।