Like us!
Follow us!

ज्योति विकास बैंकले डाक्यो साधारण सभा : मर्जरका लागि पार्टनरको खोजीमा

ज्योति विकास बैंकले डाक्यो साधारण सभा : मर्जरका लागि पार्टनरको खोजीमा

लगानी खबर, काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

बैंककाे पाैष १९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १३औं वार्षिक साधारण सभा माघ १४ गते, बुधबार, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंककाे पाैष २ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । सभामा हाल कायम ५४.३५% संस्थापक हिस्सालाई घटाएर ५१% कायम रहने गरी बाँकी शेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । बैंकले सभा मार्फत शेयर संरचना परिवर्तन गर्ने भएको छ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष २९ गतेदेखि माघ १४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff2ae467f3b8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।