लगानी खबर, काठमाडौं – गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (पाैष २० गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।
फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष २१ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पाैष २० गते, साेमबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभामा फाइनान्सकाे मंसिर २४ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र ३.४० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ११.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।