Like us!
Follow us!

कति आयो अपि पावरको लिलामी शेयरको कट अफ प्राइस ?

कति आयो अपि पावरको लिलामी शेयरको कट अफ प्राइस ?

लगानी खबर, काठमाडौँ -  अपि पावर कम्पनी लिमिटेडले पाैष ६ गते, साेमबारबाट पुस १३ गते, साेमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद शेयरमा परेका बाेलपत्रहरू आज (पाैष १९ गते, आइतबार) खोलिएकाे छ ।

उक्त बाेलपत्रहरू निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचाैर, नक्साल, काठमाडाैँमा खाेलिएकाे हाे । उक्त शेयरकाे प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भएको छ ।

प्रारम्भिक विवरण अनुसार लिलामी शेयरमा २०२ रुपैयाँ कट अफ कायम भएको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । तर अन्तिम तथ्यांक भने आइसकेकाे छैन । अन्तिम कट अफ मूल्य अहिले आएको प्रारम्भिक कट अफ मूल्य भन्दा फरक हुन सक्नेछ ।

कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।