Like us!
Follow us!

यी हुन् नेप्से नयाँ उचाईमा पुग्दा सर्वाधिक कारोबार भएका कम्पनी

यी हुन् नेप्से नयाँ उचाईमा पुग्दा सर्वाधिक कारोबार भएका कम्पनी

लगानी खबर, काठमाडौँ - साताको पहिलाे दिन आज (आइतबार) शेयर बजारले नयाँ रेकर्ड बनाएकाे छ । नेप्से परिसूचकले यसअघिको अलटाइम हाइ विन्दुलाई ताेडेर नयाँ अलटाइम हाइ रेकर्ड बनाएको हाे ।

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ८८.१२ अंकले बढेर २१७५.३९ विन्दुमा पुगेकाे छ । यो हालसम्मकै उच्च विन्दु हो । नेप्से ४.२२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १७.१८ अंकले बढेर ४१५.८८ मा पुगेको छ । कूल २१२ वटा कम्पनीकाे एक कराेड ४० लाख २६ हजार ८ सय ८६ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८ सय ८९ रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, शिवम् सिमेन्ट, प्रभु बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

बढेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :

5ff18e65e38a0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।