Like us!
Follow us!

नेप्सेमा ऐतिहासिक रेकर्ड बन्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो कि भएन ?

नेप्सेमा ऐतिहासिक रेकर्ड बन्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो कि भएन ?

लगानी खबर, काठमाडौँ - शेयर बजारमा उत्साह फर्किएकाे छ । नेप्सेले नयाँ रेकर्ड बनाउन थालेपछी लगानीकर्ताहरूमा एउटा छुट्टै उमङ्ग पैदा भएकाे छ । आज पनि नेपाली शेयर बजारले नयाँ इतिहास कायम गरेकाे छ ।

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ८८.१२ अंकले बढेर २१७५.३९ विन्दुमा पुगेकाे छ । यो हालसम्मकै उच्च विन्दु हो । नेप्से ४.२२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १७.१८ अंकले बढेर ४१५.८८ मा पुगेको छ । कूल २१२ वटा कम्पनीकाे एक कराेड ४० लाख २६ हजार ८ सय ८६ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८ सय ८९ रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी,  आइतबार हिमालयन डिष्टिलरी लिमिटेडका शेयरधनीहरूले १० प्रतिशतका दरले, साल्ट ट्रेडिङ कर्पोरेसनका शेयरधनीहरूले १० प्रतिशतका दरले, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका शेयरधनीहरूले ९.९७ प्रतिशतका दरले, प्राइम कमर्सियल बैंक लिमिटेडका शेयरधनीहरूले ९.८६ प्रतिशतका दरले, प्राइम कमर्सियल बैंक लिमिटेडका संस्थापक शेयरधनीहरूले ९.७४ प्रतिशतका दरले, कुमारी बैंक लिमिटेडका शेयरधनीहरूले ९.१३ प्रतिशतका दरले, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले ९.११ प्रतिशतका दरले, नेशनल माइक्राेफाइनान्स वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले ९.११ प्रतिशतका दरले, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले ८.१२ प्रतिशतका दरले र नेपाल टेलिकमका शेयरधनीहरूले ७.७८ प्रतिशतका दरले कमाएका छन् ।

5ff18e6d25da1.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।