लगानी खबर, काठमाडौँ - पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीकाे नाफामा गिरावट देखिएकाे छ ।
पहिलाे त्रैमासमा कम्पनीले ३ करोड ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ३६ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
यसैगरी, पहिलाे त्रैमासमा कम्पनीले बिजुली बेचेर १३ करोड ५० लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १५ करोड ३३ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ र जगेडा कोष १५ करोड ४५ लाख १९ हजार रूपैयाँ ऋणात्मक रहेकाे छ । पहिलाे त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७३ पैसा रहेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ ९५ पैसा रहेकाे छ ।
कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमासको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।