Like us!
Follow us!

एनआरएन लघुवित्तको नाम परिवर्तन, के राखियो नयाँ नाम ?

एनआरएन लघुवित्तको नाम परिवर्तन, के राखियो नयाँ नाम ?

लगानी खबर, काठमाडौँ - एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएकाे छ । संस्थाकाे उक्त नाम परिवर्तन गरि नयाँ नाम "किसान लघुवित्त वित्तीय संस्था लिमिटेड" राखिएकाे हाे ।

यसका साथ साथै, नेप्सेमा काराेबारका लागि प्रयाेग गरिने संस्थाकाे सिम्बाेल समेत परिवर्तन भएकाे छ । अब उप्रान्त नेप्सेमा संस्थाकाे साधारण शेयरको कारोबार KLBSL र संस्थापक शेयरको कारोबार KLBSLP सिम्बाेलबाट हुनेछ । 

सुदूरपश्चिम प्रदेशकाे धनगढीमा रहेकाे एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले सुदूरपश्चिमकाे लम्कीचूहा नगरपालिकामा रहेकाे किसान माइक्राेफाइनान्स र काभ्रेपलान्चाेक जिल्लाकाे भकुन्डेबेसीमा रहेकाे दिव्य लघुवित्तलाई प्राप्ति गरी असार २९ गते, साेमबारबाट एकीकृत कारोबार सुरु गरेकाे थियाे । मर्जर पश्चात "एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड" काे नामबाट एकीकृत कारोबार सुरु भएकाे थियाे । साेही नाम अहिले परिवर्तन गरिएकाे हाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff16eb84ea38.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।