लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे दिन आज (आइतबार) नेपाली बजारमा सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेकाे छ ।
शुक्रबार ताेलाकाे ४ सय रूपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज स्थिर रही साेही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९४ हजार रुपैयाँ नै कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको भाउ पनि स्थिर रही प्रतिताेला एक हजार ३ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।