Like us!
Follow us!

आईसीएफसी फाइनान्सको शेयरमूल्य समायाेजन

आईसीएफसी फाइनान्सको शेयरमूल्य समायाेजन

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) आईसीएफसी फाइनान्स लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ ।

कम्पनीकाे १०.५० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २६२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

फाइनान्सकाे मंसिर २१ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई १०.५० प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

5ff12dd6c2809.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।