लगानी खबर, काठमाडौं – धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) बाट प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे काराेबार खुल्ला हुने भएकाे छ । कम्पनीले पाैष १७ गते, शुक्रबार नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे ।
शुक्रबार कम्पनीकाे २ करोड कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०९ रूपैयाँ ५६ पैसादेखि अधिकतम ३२८ रूपैयाँ ६८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका PLI संकेत प्रदान गरिएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।