Like us!
Follow us!

नागरिक लगानी कोषको हकप्रद भर्नुअघि जान्नै पर्ने कुराहरु (विवरणसहित)

नागरिक लगानी कोषको हकप्रद भर्नुअघि जान्नै पर्ने कुराहरु (विवरणसहित)

लगानी खबर, काठमाडौं – नागरिक लगानी कोषले आफ्ना लगानीकर्तालाई पुस २८ गते मंगलबारदेखि हकप्रद शेयर निष्कासन तथा  बिक्री खुल्ला गर्दैछ ।

कुनै पनि कम्पनीमा लगानी गर्नु भन्दा अगाडी उक्त कम्पनीकाे बारेमा सबै कुराहरू थाहा पाउनु जरूरी हुन्छ । तब मात्र हामी सुरक्षित लगानी गर्न सक्षम हुन्छाैँ । त्यसैले, नागरिक लगानी कोषकाे हकप्रद भर्नु अगाडी एक चाेटी कम्पनीकाे विस्तृत विवरण अवस्य हेर्नुहाेला ।

कम्पनीकाे सम्पूर्ण विवरण हेर्न यहाँ थिच्नुहाेस् 

काेषले चुक्ता पूँजीको १:०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

काेषले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनका लागि पाैष १४ गते, मंगलबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, पाैष १३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले पुस २८ गतेदेखि माघ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे निष्कासन तथा बिक्री प्रबन्धक ?

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाडाैँ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरू, नागरिक लगानी काेषकाे केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुह र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।