Like us!
Follow us!

अपि पावरको लिलामी शेयरको बोलपत्र आइतबार खोलिँदै

अपि पावरको लिलामी शेयरको बोलपत्र आइतबार खोलिँदै

लगानी खबर, काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले पाैष ६ गते, साेमबारबाट पुस १३ गते, साेमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद शेयरमा परेका बाेलपत्रहरू भाेलि (पाैष १९ गते, आइतबार) खाेलिने भएकाे छ ।

उक्त बाेलपत्रहरू आइतबार बिहान ८ बजे निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचाैर, नक्साल, काठमाडाैँमा खाेलिने कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff0062edc19b.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।