लगानी खबर, काठमाडौं – नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न २ वटा कम्पनीकाे शेयर सूचिकृत भएको छ । स्टकका अनुसार २ वटै इन्स्याेरेन्स कम्पनीकाे शेयर सूचिकृत भएको हाे ।
गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको ९ लाख ८५ हजार ४ सय ४६ कित्ता बाेनस शेयर पाैष १४ गते मंगलबार सूचिकृत भएको हाे ।
त्यसैगरी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २ करोड कित्ता साधारण शेयर (आइपिओ) पाैष १७ गते, शुक्रबार सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०९ रूपैयाँ ५६ पैसादेखि अधिकतम ३२८ रूपैयाँ ६८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।