Like us!
Follow us!

यस साता यी कम्पनीका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो कि भएन त ?

यस साता यी कम्पनीका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो कि भएन त ?

लगानी खबर, काठमाडौँ - यस साता फेरि शेयर बजारमा उत्साह फर्किएकाे छ ।

यस साता शेयर कारोबार मापक नेप्से परिसूचक ४८.६४ अंक अर्थात २.३९ प्रतिशतले बढेर २०८७.२७ विन्दुमा बन्द भएको छ । याे हालसम्मकै हाइ क्लोजिङ्ग पोइन्ट हो । गत साता नेप्से २०३८.६३ विन्दुमा बन्द भएको थियाे । 

यसैगरी, यस साता २२ अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । उक्त रकम गत साताको तुलनामा ११ अर्ब ९५ करोड रुपैयाँ अर्थात ३४.४४ प्रतिशतले थाेरै हाे ।  गत साता ३४ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियाे ।

त्यसैगरी, यस साता सर्वाधिक नाफा कमाउनेहरूमा साल्ट ट्रेडिङ कर्पोरेसनका शेयरधनीहरूले १८.४२ प्रतिशतका दरले, शिवम् सिमेन्टका शेयरधनीहरूले १७.१९ प्रतिशतका दरले, हिमालयन डिष्टिलरी लिमिटेडका शेयरधनीहरूले १६.०५ प्रतिशतका दरले, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीहरूले १४.८५ प्रतिशतका दरले, सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले १२.७७ प्रतिशतका दरले, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले ९.९५ प्रतिशतका दरले, नेपाल दुरसञ्चार कम्पनी लिमिटेडका शेयरधनीहरूले ८.७३ प्रतिशतका दरले, नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले ८.४७ प्रतिशतका दरले, शिव श्री हाइड्राेपावर कम्पनी लिमिटेडका शेयरधनीहरूले ७.८० प्रतिशतका दरले र एभरेष्ट बैंक लिमिटेडका शेयरधनीहरूले ७.४१ प्रतिशतका दरले कमाएका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।