Like us!
Follow us!

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओले कति पायो रेटिङ ?

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओले कति पायो रेटिङ ?

लगानी खबर, काठमाडौँ - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण शेयर (आइपिओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रूपैयाँ बराबरकाे ७५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्दैछ । 

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ कराेड रूपैयाँ रहेको छ ।  साधारण शेयर (आइपिओ) निष्कासन गरे पश्चात कम्पनीकाे चुक्ता पूँजी २ अर्ब ५० कराेड रूपैयाँ पुग्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।