Like us!
Follow us!

नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (पाैष १७ गते, शुक्रबार) प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीकाे २ करोड कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०९ रूपैयाँ ५६ पैसादेखि अधिकतम ३२८ रूपैयाँ ६८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका PLI संकेत प्रदान गरिएको छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5feecd0cbebb9.jpg 5feecd18e521d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।