Like us!
Follow us!

नेप्सेमा १२ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेप्सेमा १२ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न १२ वटा कम्पनीकाे शेयरमूल्य समायोजन भएको छ । 

१. लक्ष्मी बैंक लिमिटेडकाे ९ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २६२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

२. मेगा बैंक नेपाल लिमिटेडकाे १० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २५० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

३. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ७ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ७६६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ८२० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

४. विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार २७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

५. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ३३५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ५३५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

६. हिमालयन डिष्टिलरी लिमिटेडकाे ५० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३ हजार ५२० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ हजार २८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

७. छ्याङदी हाइड्रोपावर लिमिटेडकाे ५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता १५५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १६३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

८. बुटवल पावर कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ४०५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ४४५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

९. गुडविल फाइनान्स लिमिटेडकाे ८.४० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता १९६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २१३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

१०. पाेखरा फाइनान्स लिमिटेडकाे ५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता १६७ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

११. सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६७४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ७०८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

१२. मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १६.९४ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ८६८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार १५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।