Like us!
Follow us!

ग्यापु र सिभिल मलको न्यु इयर कन्सर्ट

ग्यापु र सिभिल मलको न्यु इयर कन्सर्ट

लगानी खबर, काठमाडौँ - लोकप्रिय नेपाली ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेस र सिभिल मलले भाेलि १ जनवरीमा  ‘न्यु इयर सेलिब्रेसन’ को आयोजना गरेका छन् ।

काठमाडौ सुन्धारा स्थित सिभिल मलको फुड कोर्टमा दिउँसो २ बजे सुरु हुने कार्यक्रममा अलमोडा राना उप्रेती र इन्नोभ एठ ब्याण्ड लगायतको लाइभ प्रस्तुती रहने ग्यापुकि बिजनेस डेभलपमेन्ट म्यानेजर सुरजनी केसिले बताइन्।

कार्यक्रमको प्रत्यक्ष प्रसारण काष्ठमण्डप टेलिभिजनले गर्नेछ। साथै ग्यापु मार्केटप्लेस र सिभिल मलको फेसबुक पेजबाट समेत लाइभ हेर्न सकिनेछ।

कोभिड १९ का कारण लामो समयदेखि साङ्गीतिक कार्यकम नभैरहेको सन्दर्भमा स्वास्थ सुरक्षा सावधानीका साथ कन्सर्ट गर्न लागिएको सिभिल मलका सिनियर मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताएका छन् ।

कार्यक्रम हेर्न उपस्थित सहभागीले ग्यापु मार्केटप्लेस र एक्सलट्रीपको तर्फबाट उपहारहरु र छुट भौचर प्रदान गरिने बताइएको छ। कार्यक्रम एक्सलट्रीप नेपालसँगको समन्वयमा आयोजना गरिएको हो।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।