Like us!
Follow us!

एनएलजी इन्स्योरेन्सकाे लाभांश घाेषणा, दिने भाे कति ?

एनएलजी इन्स्योरेन्सकाे लाभांश घाेषणा, दिने भाे कति ?

लगानीखबर काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश घोषणा गरिएको छ ।
कम्पनीको श्रावण २३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७५र०७६ सम्मको सञ्चित मूनाफाबाट कम्पनीका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरिएको हो । 
हकप्रद शेयर तथा लिलामी शेयर पश्चात कायम हुने चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रूपैयाँको ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रूपैयाँ बराबरको बोनस शेयर  र कर प्रयोजनको लागि ०।३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, बीमा समितिबाट अनुमोदन भएपश्चात मात्र उक्त लाभांश वितरण गरिनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।