Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? गणपति लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी

जागिरको खोजीमा हुनुहुन्छ ? गणपति लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी

लगानी खबर, काठमाडौँ - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी आह्वान गरेकाे छ । संस्थाले कनिष्ठ अधिकृत, सुपरिवेक्षक (शाखा प्रबन्धक), बरिष्ठ सहायक (शाखा प्रबन्धक), प्रशिक्षार्थी सहायक लगायतको पदमा कर्मचारी आह्वान गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले पौष २८ गते मंगलबारभित्र इमेल मार्फत आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

क्र.स पद श्रेणी संख्या आवश्यक न्युनतम योग्यता उमेर परिक्षाको किसिम
१. कनिष्ठ अधिकृत अधिकृत केही

स्नातक वा सो सरहको परिक्षा उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिमा ३ बर्ष कार्य गरेको अथवा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा ४ बर्ष कार्य अनुभव भएको ।

२१ पुरा भई ४० बर्ष ननाघेको । महिलाको हकमा ५ बर्ष थप । अन्तर्वार्ता
२. सुपरिवेक्षक (शाखा प्रबन्धक) सहायक केही प्रविणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा   कम्तिमा ३ बर्ष कार्य गरेको अथवा एसएलसी/एसइइ उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा ५ बर्षको कार्य अनुभव भएको । १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको । महिलाको हकमा ५ बर्ष थप । अन्तर्वार्ता
३. बरिष्ठ सहायक (शाखा प्रबन्धक) सहायक केही प्रविणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा   कम्तिमा २ बर्ष कार्य गरेको अथवा एसएलसी/एसइइ उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा ३ बर्षको कार्य अनुभव भएको । १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको । महिलाको हकमा ५ बर्ष थप । अन्तर्वार्ता
४. प्रशिक्षार्थी सहायक सहायक केही एस.एल.सि.वा एस ई.ई.पास गरेको । कम्प्यूटर सम्बन्धी ज्ञान भएको तथा    ग्रामिण क्षेत्रमा गई कार्य गर्न इच्छुक । 

 

१८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको । महिलाको हकमा ५ बर्ष थप । लिखित, अन्तर्वाता, समुहगत छलफल

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।