Like us!
Follow us!

सुपर एप सार्वजनिक, के-के छन् सुविधा ?

सुपर एप सार्वजनिक, के-के छन् सुविधा ?

लगानी खबर, काठमाडौँ - सम्पूर्ण अनलाईन सुविधा भएको सुपर एप सार्वजनिक भएको छ । विजनेश ग्रोथ कम्पनीले सञ्चालनमा ल्याएको बहुउपयोगी सूपर एप नामको उक्त एपमा राइड सेयरिङदेखी अनलाईन सपिङसम्मको सुविधा रहेको कम्पनीले जनाएको छ ।

हाल राइड सेयरिङ मात्र सञ्चालन गरेको कम्पनिले केहि समयपछि सबै सुविधा थपिने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिएका छन् । पछिल्लो समय लोकप्रिय भएको राइड सेयरिङ सेवालाई यस एपले विना इन्टरनेट वा एसएमएस गरेर पनि सेवा लिन सकिन्छ । काठमाडौं उपत्यकामा मात्र नभई देशका अन्य शहरी भागमा पनि सेवा प्रदान गर्ने मुख्य लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

यसैगरी, कम्पनीले आफ्नो आम्दानीको केहि प्रतिशत समाजसेवामा खर्च गर्ने जनाएको छ । रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहीहरुले सस्तो, विश्वसनिय सेवा पाउने छन् भने समयको बचत हुने कम्पनिका सिइओ विशाल जिसीले बताएका छन् ।

त्यस्तै, एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोग गरिएको छ । कम्पनीमा दक्ष अनुभवी सात जना व्यवस्थापक र प्राविधिक कार्यरत रहेका छन् । सुपर एपको हाल प्रयोगकर्ता बढी रहेका छन् । राइडर र ग्राहकमाझ सुपर एप लोकप्रिय रहेको छ । हाल सुपर एपको प्रयोगकता १५ हजार भन्दा बढि रहेको छ भने ५ हजार भन्दा बढि सवारी पार्टनरहरू रहेका छन् । सुपर एप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिएका छन् । साथै ग्राहकले पनि सुपर एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन् । राइडर ले सुपर पार्टनर र ग्राहकले सुपर एप डाउनलोड गर्नु पर्नेहुन्छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।