Like us!
Follow us!

यसकारण बिहीबार उपत्यकाकाे यी ठाउँमा बत्ती जाँदै

यसकारण बिहीबार उपत्यकाकाे यी ठाउँमा बत्ती जाँदै

लगानी खबर, काठमाडौँ - आज (बिहीबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।  

बानेश्वर सब स्टेसनको लोड व्यस्थापन गर्नुपर्ने भएकोले लगनखेल वितरण केन्द्र अन्तर्गतको चापागाउँ फिडर बिहान ९:०० बजेदेखि १०:०० बजेसम्म, हरिसिद्दि फिडरमा दिउँसो १२:०० बजेदेखि २:०० बजेसम्म र रेडियो नेपाल फिडरमा दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएकाे हाे ।

त्यसैगरी, विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति माफी माग्दै काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।