Like us!
Follow us!

२ वाणिज्य बैंक र हिमालयन डिष्टिलरीसहित १२ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने  आज अन्तिम मौका

२ वाणिज्य बैंक र हिमालयन डिष्टिलरीसहित १२ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने  आज अन्तिम मौका

लगानी खबर, काठमाडौं – विभिन्न १२ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (पुस १६ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

१. लक्ष्मी बैंक लिमिटेड​ = बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १६ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे २०औं वार्षिक साधारण सभा पाैष २८ गते, मंगलबार, बैंककाे प्रधान कार्यालय, हात्तीसार, काठमाडाैँमा बिहान ११:३० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंककाे मंसिर २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत  बोनस शेयर र २.५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

२. मेगा बैंक नेपाल लिमिटेड = बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १६ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार बैंकको केन्द्रिय कार्यलयमा बिहान ११ः३० बजेबाट सुरू हुनेछ । बैंककाे पाैष २ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १३.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

३. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड = कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १६ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे तेर्हाैँ वार्षिक साधारण सभा पुस २७ गते सोमबार, कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा बिहान ११ः३० बजेदेखि भिडियो कन्फ्रेन्स मार्फत सञ्चालन हुनेछ । सभामा कम्पनीकाे मंसिर १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

४.विजय लघुवित्त वित्तीय संस्था लिमिटेड = संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १७ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १६ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे ८औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, विजय विकास स्राेत केन्द्र, गैडाकाेट-८, नवलपरासीमा बिहान ९ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा संस्थाकाे पाैष ५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

५. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड = संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १६ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे नवाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार संस्थाकाे केन्द्रिय कार्यालय, महाराजगञ्ज, काठमाडाैँमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्स मार्फत सञ्चालन हुनेछ । सभामा संस्थाकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ८.१६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

६. हिमालयन डिष्टिलरी लिमिटेड = कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १७ गते एक दिन कम्पनीकाे बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले,आज (पुस १६ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे बीसाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, कम्पनीकाे केन्द्रिय कार्यालय, पर्सामा हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले निर्णय गरे अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५० प्रतिशत बोनस शेयर र कर सहित ५० प्रतिशत नगद गरि कुल १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

७. छ्याङदी हाइड्रोपावर लिमिटेड = कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १७ गते एक दिन कम्पनीकाे बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले,आज (पुस १६ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे साताैँ वार्षिक साधारण सभा पुस २७ गते साेमबार हुनेछ । सभामा कम्पनीको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

८. बुटवल पावर कम्पनी लिमिटेड = कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि पाैष १७ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १६ गते, बिहीबार) सम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको २८औं वार्षिक साधारण सभा पाैष २८ गते, मंगलबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ । सभामा कम्पनीको पाैष ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

९. गुडविल फाइनान्स लिमिटेड = फाइनान्सले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि पाैष १७ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लाेज गर्नेछ । त्यसैले, आज (पुस १६ गते, बिहीबार) सम्म नेप्सेमा कायम भइ काराेबार भएका शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । फाइनान्सले पुस २९ गते, बुधबार फाइनान्सकाे २६औँ वार्षिक साधारण सभा गर्दैछ । उक्त सभा हाेटल क्राउन इम्पेरियल, रविभवन काठमाडाैँमा हुनेछ । सभामा फाइनान्सकाे पाैष ५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ८.४ प्रतिशत बोनस शेयर र ३.६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

१०. पाेखरा फाइनान्स लिमिटेड = फाइनान्सले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि पाैष १७ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लाेज गर्नेछ । त्यसैले, आज (पुस १६ गते, बिहीबार) सम्म नेप्सेमा कायम भइ काराेबार भएका शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । फाइनान्सकाे २४औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, दरबारथाेक ब्याङ्क्वेट, पाेखरा, कास्कीमा बिहान ९ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा फाइनान्सकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

११. सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड = कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि पुस १७ गतेदेखि पुस २४ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १६ गते, बिहीबार) सम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको १२ औं वार्षिक साधारण सभा माघ ५ गते सोमबार बिहान ११ बजेदेखि होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग विराटनगरमा हुनेछ । सभामा कम्पनीकाे कार्तिक २५ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद (कर प्रयाेजनका लागि समेत) गरी कुल १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

१२. मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड = संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि पाैष १७ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १६ गते, बिहीबार) सम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे आठौँ वार्षिक साधारण सभा पुस २८ गते मंगलबार होटल वाटर टावर, नुवाकोट, बट्टारमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे कार्तिक १९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १६.९३९९ प्रतिशत बोनस शेयर र ०.८९१६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १७.८३१५ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।