Like us!
Follow us!

चन्द्रागिरी हिल्सको आइपिओ बाँडफाँड : ८० कित्ता शेयर पाउने कति ?

चन्द्रागिरी हिल्सको आइपिओ बाँडफाँड : ८० कित्ता शेयर पाउने कति ?

लगानी खबर, काठमाडौँ - चन्द्रागिरी हिल्स लिमिटेडले मंसिर १७ गते बुधबारदेखि पाैष १ गते, बुधबारसम्म आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) आज (पाैष १५ गते, बुधबार) बाँडफाँड भएकाे छ ।उक्त आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल काठमाडाैँमा बाँडफाँड भएकाे हाे ।

बाँडफाँड गर्दा १० कित्तादेखि ७० कित्तासम्मको लागि आवेदन दिनेले माग अनुसार नै शेयर हात पारेका छन्  । त्यसैगरी, ८० कित्तादेखि ३ हजार ६० कित्तासम्मको लागि आवेदन दिनेले समान ७० कित्ता शेयर पाएका छन् । यसैगरी, ८० कित्तादेखि ३ हजार ६० कित्ताको लागि आवेदन दिने ३ हजार ५ सय ६१ जनाबाट गोलाप्रथा गरेर ११ सय ६३ जनाले थप १० किता शेयर हात पारेका छन्  । त्यस्तै, ८० कित्तादेखि ३ हजार ६० कित्तासम्मको लागि आवेदन दिएका तर गोलाप्रथाबाट १० कित्ता शेयर नपाएका २ हजार ३ सय ९८ जना मध्येबाट गोलाप्रथा गरि ९ जनालाई थप १ कित्ता शेयर दिइएको छ  ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । अब दाेश्राे चरणमा कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर (आइपीओ) सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।