लगानी खबर, काठमाडौँ - बुधबार फेरि शेयर बजारमा राैनकता देखा परेकाे छ ।
बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ४९.१७ अंकले बढेर २०६२.०६ मा पुगेकाे छ । नेप्से २.४४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक भने ८.८६ अंकले बढेर ३९१.३० मा पुगेको छ । कूल २०८ वटा कम्पनीकाे ९९ लाख १० हजार ३ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, बढेकाे बजारमा शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक लिमिटेड, हिमालयन डिष्टीलरी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल टेलिकम, प्राइम कमर्सियल बैंक लिमिटेड, एनसीसी बैंक, नेपाल बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।
बढेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।