Like us!
Follow us!

बुधबार यी कम्पनीका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो कि भएन त ?

बुधबार यी कम्पनीका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो कि भएन त ?

लगानी खबर, काठमाडौँ - आज (बुधबार) फेरि शेयर बजारमा उत्साह फर्किएकाे छ । 

बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ४९.१७ अंकले बढेर २०६२.०६ मा पुगेकाे छ । नेप्से २.४४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक भने ८.८६ अंकले बढेर ३९१.३० मा पुगेको छ । कूल २०८ वटा कम्पनीकाे ९९ लाख १० हजार ३ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएकाे छ । 

बढेको बजारमा हिमालयन डिष्टिलरी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, नागरिक लगानी काेष, एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार शेयर, मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड, शिवम् सिमेन्ट, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, नबिल ब्यालेन्स फण्ड २ र नेपाल टेलिकमका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् । 

5fec48ad7fb65.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।