Like us!
Follow us!

४९.१७ अंकले बढ्यो शेयर बजार : ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट

४९.१७ अंकले बढ्यो शेयर बजार : ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडौँ - आज (बुधबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । बुधबार शेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ४९.१७ अंकले बढेर २०६२.०६ मा पुगेकाे छ । नेप्से २.४४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक भने ८.८६ अंकले बढेर ३९१.३० मा पुगेको छ ।

कूल २०८ वटा कम्पनीकाे ९९ लाख १० हजार ३ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।

त्यसैगरी, बुधबार ३ कम्पनीकाे शेयर अर्थात् हिमालयन डिष्टिलरी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र नागरिक लगानी काेषकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

 हेराैं आजकाे शेयर तालिका :

5fec488ef1222.jpg 5fec489655c78.jpg 5fec48a092e1f.jpg 5fec48ad7fb65.jpg 5fec48b818246.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।