Like us!
Follow us!

प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ छिट्टै कारोबारमा आउने, कति पाउला ओपनिङ्ग रेञ्ज ?

प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ छिट्टै कारोबारमा आउने, कति पाउला ओपनिङ्ग रेञ्ज ?

लगानी खबर, काठमाडौँ - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २९ गते, साेमबारदेखि पाैष २ गते बिहीबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपीओ) काे बाँडफाँड पाैष १० गते, शुक्रबार भइसकेकाे छ । 

कमपनीले शेयर सूचिकरण प्रक्रिया अघि बढाइसकेकाे हुनाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीकाे पहिलाे काराेबार अर्को सातादेखि हुने सम्भावना रहेकाे छ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १०९ रुपैयाँ ५६ पैसादेखि र अधिकतम ३२८ रुपैयाँ ६८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को  प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३११ रुपैयाँ १९ पैसा हुन्छ । कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा ५ लाख ४० हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका थिए भने बाँकी ५ लाख ९ हजार ४७ जना आवेदककाे हात खाली भएकाे थियाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।