Like us!
Follow us!

दोर्दिखोला जलविद्युतले आइपिओ निष्कासन गर्ने

दोर्दिखोला जलविद्युतले आइपिओ निष्कासन गर्ने

लगानी खबर, काठमाडौं – दोर्दिखोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे पाैष १२ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे वार्षिक साधारण सभा माघ ९ गते, शुक्रबार, कम्पनीकाे कार्यालय, त्रिपुरेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा सर्वसाधारणका लागि शेयर (आइपिओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यसका साथै सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fec1138804d8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।