लगानी खबर, काठमाडौं – विभिन्न ९ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (पुस १५ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।
१. एनएमबि बैंक लिमिटेड : बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १५ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे २५औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडाैँमा बिहान १०:३० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंककाे पाैष ५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३.२० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
२.नेपाल बैंक लिमिटेड : बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १६ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १५ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे ६१औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, बैंककाे प्रधान कार्यालय, धर्मपथ, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंककाे पाैष १ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
३. सेञ्चुरी कमर्सियल बैंक लिमिटेड : बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १५ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे नवौ र दशौ वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, आर्मि अफिसर्स क्लब, भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेदेखि हुनेछ । सभामा बैंककाे मंसिर २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसारआर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
४. कामना सेवा विकास बैंक लिमिटेड : बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १६ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १५ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे १४औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, पार्क भिलेज रिसाेर्ट, बूढानीलकण्ड, काठमाडाैँमा बिहान १० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंककाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ४.४० प्रतिशत बोनस शेयर र ०.२३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ४.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
५. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड : बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १६ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १५ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंककाे १२औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, बैंककाे केन्द्रिय कार्यालय, कालिकानगर, बुटवलमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा बैंककाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
६. साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड : संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १६ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १५ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे १९औं वार्षिक साधारण सभा पाैष २८ गते, मंगलबार, संस्थाकाे रजिष्टर्ड कार्यालय, सुबिधानगर, तिनकुने, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा संस्थाकाे मंसिर २३ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २५ प्रतिशत बोनस शेयर र १.३१५७८९४७४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २६.३१५७८९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
७. साधना लघुवित्त वित्तीय संस्था लिमिटेड : संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १६ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १५ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे चाैथाे वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, हाेटल गाेरखा, गाेरखामा हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १८ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० लाख ६३ हजार १ सय ७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
८. बरुण हाइड्रोपावर कम्पनी लिमिटेड : कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि पुस १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, आज (पुस १५ गते, बुधबार) सम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको १७औं वार्षिक साधारण सभा पुस २६ गते आइतबार युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजेबाट सुरू हुनेछ । सभामा कम्पनीकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।