Like us!
Follow us!

किन रोकियो नबिल बैंकको लाभांश ?

किन रोकियो नबिल बैंकको लाभांश ?

लगानी खबर, काठमाडौं – नबिल बैंक लिमिटेडकाे विदेशी साझेदारले पाउने लाभांश राेक्का गरिएकाे छ ।

नेपाल राष्ट्र बैंकले नबिल बैंकको विदेशी साझेदार एनबी इन्टरनेशनलमा लाभदायिक स्वामित्व नखुलेकाले उसले लैजाने पाउने लाभांश रोकेकाे हाे ।

अब नबिल बैंकले उक्त विदेशी साझेदार कम्पनीमा लाभदायिक स्वामित्व खुल्ने कागज उपलब्ध नगराउँदासम्म लाभांश रोक्का गरिने बताइएकाे छ ।

बैंककाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३३.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।