लगानी खबर, काठमाडौँ - आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले संस्थापक शेयरको प्रमाणपत्र वितरण गर्ने भएकाे छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै कम्पनीकाे रजिष्टर्ड कार्यालय, अनामनगरबाट प्रमाणपत्र वितरण गरिने बताउँदै शेयरधनीहरुलाई आफूसँग भएको पुरानो प्रमाणपत्र र नागरिकताको प्रतिलिपिको साथ स्वयम उपस्थित भएर नयाँ प्रमाणपत्र लिन अनुराेध गरेकाे हाे ।
यसका साथै, कम्पनीले संस्थापकहरुको सम्पर्क विवरणहरू पनि अध्यावधिक गर्नुपर्ने भएको हुनाले आफ्नो सम्पर्क विवरणहरु अध्यावधिक गर्न समेत सूचित गरेकाे छ ।
त्यसैगरी, स्वंयम उपस्थित हुन नसकी अन्य व्यक्तिमार्फत प्रमाणपत्र संकलन गर्न चाहने शेयरधनीहरुको हकमा पुरानो शेयर प्रमाणपत्रको साथै रितपूर्वक मन्जुरीनामा प्रदान गरि निजमार्फत प्रमाणपत्र संकलन गर्न सकिने कम्पनीले जानकारी दिएकाे छ । मन्जुरीनामा लिने व्यक्तिको पनि आधिकारिक परिचयपत्रको प्रतिलिपी भने पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।