Like us!
Follow us!

युनाइटेड फाइनान्सका शेयरधनीलाई छैन लाभांश : सभा कहिले ?

युनाइटेड फाइनान्सका शेयरधनीलाई छैन लाभांश : सभा कहिले ?

लगानी खबर, काठमाडौँ - युनाइटेड फाइनान्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे पाैष ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको २६औं वार्षिक साधारण सभा पाैष २९ गते बुधबार कम्पनीकाे केन्द्रिय कार्यालय, आइजे प्लाजा, दरबारमार्ग, काठमाडौंमा बिहान ११:३० बजेबाट  भर्चुअल माध्यमार्फत सुरू हुनेछ । 

कम्पनीले लाभांशकाे प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । कम्पनीकाे मंसिर २४ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले  संस्थाको वित्तीय अवस्था थप सवल र शशक्त बनाउन आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि  पुस १४ गतेदेखि २९ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १३ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

5feabb9dcdf3b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।