Like us!
Follow us!

सर्वाेत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपिओ निष्कासन गर्ने

सर्वाेत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपिओ निष्कासन गर्ने

लगानी खबर, काठमाडौं – सर्वाेत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे पाैष ८ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दाेश्राे वार्षिक साधारण सभा माघ ६ गते, मंगलबार, सर्वाेत्तम सिमेन्टको सभा हल, न्याैपानेटावर, तिनकुने, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बुक विल्डिङ्ग विधिबाट निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सर्वसाधारणले बुक विल्डिङ्ग विधिबाट आइपिओ खरिद गर्दा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । त्यस्तै, न्यूनतम बाँडफाँड हुने कित्ता पनि ५० नै रहनेछ ।

यसका साथै सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5feab5a8b516b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।