Like us!
Follow us!

समता लघुवित्तको साधारण सभा आज : २६.३२% लाभांश पारित हुँदै

समता लघुवित्तको साधारण सभा आज : २६.३२% लाभांश पारित हुँदै

लगानी खबर, काठमाडौँ - समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साताैँ वार्षिक साधारण सभा आज (पुस १४ गते, मंगलबार) हुँदैछ ।

संस्थाकाे मंसिर १९ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाको साताैँ वार्षिक साधारण सभा हाेटल क्लासिक, सिमरा, बारामा बिहान १०:३० बजेबाट सुरू हुनेछ ।

सभामा संस्थाकाे भाद्र ५ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पुस ५ गतेदेखि पुस १४ गतेसम्म बुकक्लाेज गरेको छ । त्यसैले, पुस ४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।