Like us!
Follow us!

नेप्सेमा ५ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेप्सेमा ५ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ वटा कम्पनीकाे शेयरमूल्य समायोजन भएको छ ।

नागरिक लगानी कोषकाे ८२.८४ प्रतिशत हकप्रद शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ७ सय ८४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य ५ हजार ८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

5fea9b4ae35d3.jpg

यसैगरी, लुम्बिनी विकास बैंक लिमिटेडको ७ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २०४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य २१८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

5fea9b50ba967.jpg

त्यस्तै, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे १५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३३७ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य ३८७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

5fea9b5dbbe0a.jpg

यस्तै, हिमालयन बैंक लिमिटेडकाे १४ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ५६१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य ६३९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

5fea9b5779279.jpg

त्यसैगरी, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ९८४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य एक हजार १७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

5fea9b66670d2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।