Like us!
Follow us!

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं – विभिन्न ३ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (पुस १३ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

१. लुम्बिनी विकास बैंक लिमिटेड :

लुम्बिनी विकास बैंक लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १४ गतेदेखि पाैष २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १३ गते, साेमबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे पाैष ४ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १३औं वार्षिक साधारण सभा पाैष २६ गते, आइतबार, बैंककाे केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडाैँमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंककाे मंसिर २३ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

२. एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड :

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १४ गतेदेखि पाैष २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १३ गते, साेमबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाको पाैष ५ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे ८औं वार्षिक साधारण सभा पाैष २७ गते साेमबार, हाेटल पाेखरा, ग्रान्ड, पार्दी, पाेखरामा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा संस्थाकाे मंसिर ९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

३. मितेरी डेभलपमेन्ट बैंक लिमिटेड :

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पनि साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १४ गतेदेखि पाैष २७ गतेसम्म बैंककाे बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पुस १३ गते, साेमबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे पाैष २ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १५औं वार्षिक साधारण सभा पाैष २७ गते, साेमबार, सुनसरी उद्योग वाणिज्य संघ, धरान, सुनसरीमा बिहान १०:३० बजेबाट सुरू हुनेछ ।

सभामा बैंककाे मंसिर १९ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत  बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।