Like us!
Follow us!

सानिमा माई हाइड्रोको शेयरमूल्य समायाेजन

सानिमा माई हाइड्रोको शेयरमूल्य समायाेजन

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ ।

कम्पनीकाे १० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३०७ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३३८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

5fe943050adc0.jpg

कम्पनीकाे मंसिर १५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको नवाैँ वार्षिक साधारण सभा पुस २३ गते बिहीबार, अकामा हाेटेल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।