Like us!
Follow us!

मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायाेजन, कतिमा खुल्छ कारोबार ?

मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायाेजन, कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंक लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

बैंककाे ११.२५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३४१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३७९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

5fe94055a0047.jpg

बैंककाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १४औं वार्षिक साधारण सभा पाैष २५ गते, शनिबार, हाेटल पाेखरा ग्राण्ड, पार्दी, पाेखरामा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंककाे मंसिर २१ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ११.२५ प्रतिशत बोनस शेयर र ४.२६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।