Like us!
Follow us!

बजार घट्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

बजार घट्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

लगानी खबर, काठमाडौँ - आज (आइतबार) शेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । 

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ३९.९८ अंकले घटेर १९९८.६५ मा पुगेकाे छ । नेप्से १.९६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.३३ अंकले घटेर ३८१.४३ मा पुगेको छ । कूल २०४ वटा कम्पनीकाे ८१ लाख ७७ हजार ३ सय ५३ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ६२ करोड ३४ लाख ५२ हजार ३ सय १२ रुपैयाँको कारोबार भएकाे छ । 

आइतबार नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नागरिक लगानी काेष, नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, ग्लाेबल आइएमई बैंक लिमिटेड, शिवम् सिमेन्ट, एनसीसी बैंक र हिमालयन डिष्टीलरी सर्वाधिक काराेबार भएका १० कम्पनीहरू हुन् ।

घटेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :

5fe85445944b0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।