Like us!
Follow us!

३९.९८ अंकले घट्यो शेयर बजार : नेपाल लाइफ इन्स्योरेन्स कारोबारमा अब्बल

३९.९८ अंकले घट्यो शेयर बजार : नेपाल लाइफ इन्स्योरेन्स कारोबारमा अब्बल

लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । आइतबार शेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ३९.९८ अंकले घटेर १९९८.६५ मा पुगेकाे छ । नेप्से १.९६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.३३ अंकले घटेर ३८१.४३ मा पुगेको छ ।

कूल २०४ वटा कम्पनीकाे ८१ लाख ७७ हजार ३ सय ५३ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ६२ करोड ३४ लाख ५२ हजार ३ सय १२ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज सम्पूर्ण उपसमूहकाे शेयर राताम्मै देखिएकाे छ ।

त्यसैगरी, आइतबार काराेबार रकमकाे आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीकाे ६७ कराेड ५७ लाख ४३ हजार एक सय ४१ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

           हेराैं आजकाे शेयर तालिका :

5fe854382f721.jpg 5fe8543ed1497.jpg 5fe85445944b0.jpg 5fe8544cd8bfe.jpg 5fe8545406ea2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।