Like us!
Follow us!

कमिसन घटाएको बिरोधमा बोर्ड घेर्न पुगे ब्रोकर

कमिसन घटाएको बिरोधमा बोर्ड घेर्न पुगे ब्रोकर

लगानी खबर, काठमाडौँ - स्टक ब्रोकर एशोसिएसन (धितोपत्र दलाल व्यवसायी) हरुले  ब्रोकर कमिसन घटाएको बिरोधमा धिताेपत्र बोर्डमा पुगी ज्ञापन पत्र बुझाएका छन् । ब्रोकरहरुले तत्काल नयाँ कमिसन दर पुनरावलोकन गर्न बोर्डलाई ज्ञापनपत्र बुझाएका हुन् । आइतबार बिहान १० बजे ५० ब्रोकर कम्पनीका धितोपत्र दलाल सदस्यहरू बाेर्ड पुगेका हुन् ।

व्यवसायहरू गर्नसक्ने कार्यक्षेत्र थप नहुँदा आम्दानीका स्रोतहरू नभएको, बजारको विश्वसनीयता कायम राख्न दलाल व्यवसायीले बहन गरेको वित्तीय तथा सञ्चालन जोखिम, उच्च करको दर, लगानीको प्रतिफल लगायतलाई हेर्दा पश्चिमा देशहरुको भन्दा पनि सस्तो कमिसन दरलाई नयाँ लगानीकर्ता आकर्षित गर्ने, बजारको गतिशीलता बढाउने नाममा थप ६० प्रतिशतसम्मको कमिसन कटौती गर्नु खेदपूर्ण रहेकाे ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ ।

बाेर्डले आज (पाैष १२ गते, आइतबार) बाट लागू हुने गरि शुक्रबार ब्रोकरले सानो रकमको कारोबार गर्ने साना लगानीकर्ताहरुलाई कारोबार सेवा बापत लिँदै आएको न्युनतम शुल्कमा ६० प्रतिशत,सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको शेयर खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ३३ प्रतिशतले घटाएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।