Like us!
Follow us!

सिनर्जी पावर र आशा लघुवित्तको शेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

सिनर्जी पावर र आशा लघुवित्तको शेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे ४.७५ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता २०७ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २१७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

5fe821cc2753b.jpg

त्यसैगरी, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ८७० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

5fe821d22d34e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।