लगानी खबर, काठमाडौँ - सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (पाैष १२ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि पुस १३ गते बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पाैष १२ गते, आइतबार) सम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीकाे मंसिर १५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको नवाैँ वार्षिक साधारण सभा पुस २३ गते बिहीबार, अकामा हाेटेल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।