Like us!
Follow us!

मर्जरमा जान लागेको स्वदेशी लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

मर्जरमा जान लागेको स्वदेशी लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौँ - स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

संस्थाको पुस १० गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे छैठाैँ वार्षिक साधारण सभा माघ ४ गते आइतबार, होटल पाथिभराको सभाहल, इटहरी, सुनसरीमा बिहान ९ बजेबाट सुरू हुनेछ । 

सभामा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिकाे तर्फबाट प्रस्तुत हुने प्रतिवेदन छलफल गरि पारित गर्ने विशेष प्रस्ताव रहेकाे छ ।

त्यसैगरी, सभामा स्वाप रेसियो पारित गर्ने, डिडिए रिपोर्ट पारित गर्ने, मर्जर सम्बन्धी आवश्यक कार्य गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, आर्थिक विवरण तथा लेखापरीक्षक विवरण र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने लगायतका एजेन्डाहरूमा छलफल हुनेछ ।

संस्था​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fe7f620e60d8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।