Like us!
Follow us!

घट्यो ब्रोकर कमिसन : यस्तो छ नयाँ कमिसन दर (विवरणसहित)

घट्यो ब्रोकर कमिसन : यस्तो छ नयाँ कमिसन दर (विवरणसहित)

लगानी खबर, काठमाडौं – नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ । ब्रोकर कमिसन ३३ प्रतिशतले घटाइएको हाे । 

नयाँ कमिसन दर अनुसार संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजार भन्दा माथि ५ लाख सम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्नेछ ।

त्यसैगरी, सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्क ५० प्रतिशतले घटेकाे छ ।

त्यस्तै, शेयर कारोबारको कमिसन दरमा गरिएको पुनरावलोकनबाट शेयर, ऋणपत्र, सामूहिक लगानी योजना लगायत अन्य धितोपत्रको कारोबारमा वृद्धि हुनुका साथै नयाँ लगानीकर्ताहरु समेत बजार प्रवेशका लागि प्रोत्साहित हुने र यसबाट समग्र धितोपत्र बजार गतिशील एवं प्रतिस्पर्धी हुने बोर्डले जनाएकाे छ ।

यस्तो छ नयाँ कमिसन दर :

No photo description available.No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।